print this page
ताजा खबरहरु यहाँ तल हेर्नुहोस▼

MTV-मुकुन्दसेंन टेलिभीजन

MTV-अब प्रसारणको तयारीमा

अहिले मुकुन्दसेन टेलिभिजनको परिक्षण गरिदै छ । उक्त परिक्षण मुकुन्दसेन टेलिभिजनको अफिस साझा मार्केटको दास्रो तल्ला बाट गरिदै छ । परिक्षण पछि केहिसमय बाट हजुरहरुले आफ्नो टेलिभिजनमा हेर्न सक्नुहुन्छ । श्रोत ग्लोरी

अबको केहि समयमा प्रसारण हुदै छ प्रतिस्या हर्नुहोला
थप जानकारीको लागिV OFFICAL फेसबुक पेज  लाई LIKE गर्नुहोस्http://www.facebook.com/pages/Mukundasen-Channel-MTV/283409721798168


0 कमेन्ट गर्नुहोस

एकताको स्वाद जगाउने हाम्रो मनमा वाइ वाइ हामीलाई नेपाल को न. १ ब्रान्ड

प्रकाश सापकोटा
nawalparasi
नेपाली ब्राण्डको नेपाली स्वाद मेरो मनमा waiwai हामी सबैको मनमा waiwai हमनी के मन मे वाइ वाइ, ह्याङ्ला सेम्री वाइ वाइ, झीगु नुगलय् वाइ वाइ , मूब वाइ वाइ चब , आन्काओ कोङडा वाइ वाइ ङे , हामरा मनमी वाइ वाइ नेपाली ब्राण्डको रुपमा अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो दरिलो उपस्थिति जनाउदै आफ्नो बजार फैलाउदै गरेको नेपालको सबै भन्दा रुचाइएको चाऊचाऊ वाईवाई अहिले नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एफएनसिसिआई नेसनल एक्सिलेन्स अवाडमा उत्कृष्ट नेपाली ब्राण्डमा मनोनयनमा परेको छ। वाईवाईसंगै चोकोफन, जगदम्बा स्टील, पशुपति पेन्ट्स र टोकला चिया मनोनयनमा छन्। उत्कृष्ट ब्राण्डको लागि फेसबुक र एसएमएसबाट वोटिंग खुला गरिएको छ। वाईवाईले फेसबुकबाट अहिले भोटकालागि अभियान नै थालेको छ। एसएमएसबाट भोट गर्न NC05 टाइप गरि ७३३७ मा एस एम एस गर्न सकिन्छ भने फेसबुकबाट एफएनसिसिआईको फेसबुक पेजमा वाईवाइको लोगोमा लाईक गर्नुपर्छ। बेलाबेलामा विभिन्न कल्याणकारी योजनाहरु ल्याउदै आएको वाईवाइले फेसबुकको प्रत्येक लाईकको ५ रुपैयाको दरले संरक्षण विहीन बालबालिकाका लागि खोलिएको नेपाल बाल संगठनलाई सहयोग गर्ने जनाएको छ। साथै वाईवाईले हरेक दिन एफएनसिसिआईको फेसबुक पेजमा भोटिंगको लागि वाईवाइको लोगो सबैभन्दा बढि ट्याग गर्ने एक जनालाई स्मार्टफोनसमेत दिंदै आएको छ। वाईवाईलाई नेपालको न.१ ब्राण्ड बनाउन यो लिंकमा गएर लाईक गर्नुहोस्। - See more at: http://sambad.hknepal.com/?p=15585&fb_comment_id=fbc_192286630948082_436759_192319234278155#f29d32194ecc33a

0 कमेन्ट गर्नुहोस
हामी आज १०००+ भन्दा माथि LIKES मा पुगेका छौ यहि खुसिको मौकामा हाम्रो मुकुन्दपुर डट Com परिवार तपाई हरुको लागि एउटा सानो प्रश्न लीयर आएका छौ कृपया सहि जबाफ दिने प्रयास गर्नु होला र सहि जबाफ दिने मित्र हरु बाट हामी ३ जना लाई बिजेता गराउने छौ र बिजेताको प्राप्त गर्नुहुनेछ हाम्रो मुकुन्दपुर डट Com परिवार तर्फ बाट आकर्षक उपहार नोट:बिजेता घोसढा सावन२५ गते गरिने छ प्रश्न यस प्रकारको छ ......................... QUESTION मुकुन्दपुर डट Com को ADMIN कति जना छन् र को को हुन् ? कृपया आफ्नो जबाफ COMMENT BOX मा नगरी हाम्रो पेजको MASSAGE BOX मा गर्न अनुरोद गरिन्छ र COMMENT BOX मा गरेको जबाफ मान्य नहुने र उक्त मित्र हरुलाई बिजेताको सुचिमा पनि नराखिने जानकारी गराऊछौ.............

0 कमेन्ट गर्नुहोस

♥♥☆☆HaPpY NeW yEaR 2070 ☆☆☆♡♥♥

2070BS is approaching. I had Neither very gud nor so bad in 2069, so I am determining that I will make 2070 more happier nd prosperous than 2069.. So guys I would like to say u all that forget all the bad things which happened in 2069 nd step towards new life for 2070, wid a gud resolution, pure n fresh thoughts, great ambitions in ur heart, wid the feeling nd wid promise to try be busy, healthy and happy n make others happy too....:)

♥♥☆☆HaPpY NeW yEaR 2070 ☆☆☆♡♥♥
Admin:
हाम्रो मुकुन्दपुर डट Com 
Krishna Pokharel 


0 कमेन्ट गर्नुहोस

मुकुन्दपुरमा भएको दुर्घटनामा एकको मृत्यु, १८ जना घाइते


चैत्र ३० मुकुन्दपुर,
दुर्घटनामा एकको मृत्यु, १८ जना घाइते
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मुकुन्दपुरमा आज बिहान

भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । पूर्वबाट
पश्चिमतर्फ आउँदै गरेको ट्रक रसोही दिशाबाट आउँदै गरेको बस एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो।दुर्घटनामा परी बसमा सवार जिल्ला हुम्ला सिमीकोट- ६ का २१ वर्षीय देवजङ रावतको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको गैँडाकोट प्रहरीले जनाएको छ । घटनामा परी दुई जना गम्भीर घाइते भएका छन्।
0 कमेन्ट गर्नुहोस

सोरुमबाटै ४ वटा मोटरसाइकल चोरी

नवलपरासी, पुस २७–नवलपरासीको कावासोती इन्द्रचोकमा रहेको बजाज शो रुमबाट बिहीबार राती चारवटा मोटरसाइकल चोरी भएको छ ।
चारवटा पल्सर मोटरसाकइल, एक थान एलसिडी टिभी चोरी भएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।
नवलपरासीको प्रमुख ब्यापारिक केन्द्र रहेको कावासोतीमा पछिल्लो समयमा भएको यो ठूलो चोरीको घटना हो । इलाका प्रहरी कार्यालय कावासोतीबाट करिब २ सय ५० मिटर पश्चिममा बजाज शो रुम रहेको छ ।
समयमै खबर गर्दा पनि प्रहरी घटनास्थलमा नआएको भन्दै स्थानीयबासिन्दाले पुर्वपश्चिम राजमार्ग अन्तर्गत कावासोतीमा चक्काजाम गरेका छन् ।
चोरीबारे अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय कावासोतीका डिएसपी नान्तिराज गुरुङले बताउनुभयो ।‘चोरीका घटना पत्ता लगाएर छोड्छौं स्थानीय वासिन्दाले यसमा सहयोग गर्नुपर्यो’उहाँले भन्नुभयो ।
 
0 कमेन्ट गर्नुहोस

मुकुन्दपुर निबासी हाम्रा प्यारा गायक ससान कंडेल



सुमुधुर स्वरका धनि ससान कंडेलको जन्म मुकुन्दपुर-६ न.प. मा भएको थियो l अबिबाहित ससान आमा,बुवा र दाजुको साथ मा हाल आफ्नो जन्म थलो मुकुन्दपुर-६ मा बस्दै आएका छन् l

आज भन्दा नौ वर्ष पहिले बि.स.२०६० सालदेखि उनले सांगितक क्षेत्रमा पाइला टेकेका थिए l संगीतमा धेरै रुची भए कै कारणले गर्दा Basic सांगेतिक ज्ञान हालिल गर्नेका लागि भनेर बि.स.२०६० सालमा चितवनको नारायणी आर्ट एंड कल्चरमा भर्ना भएl त्यहाँ बद्रि भण्डारीको छ महिने प्रसीक्षण पाए पछि बि.स.२०६१ साल मा आफ्नै lyrics र compose मा “म घुम्न जादा” बोलको गीत रेकर्ड गराएl त्यो गीत ले स्थानिय स्तरमा उनलाई स्थानिय कलाकार को रुपमा चिन्न मद्दत मिल्यो l

तिन बर्सको लामो अन्तराल पछि फेरी बि.स.२०६४ सालमा आएर ससान गायक बन्ने सपना बोकेर काठमाडौँ पसे त्यहाँ उनले मधुरिमा कला केन्द्र बाट संगीत सिक्ने मौका पाए l उनको स्वरलाइ निखारनको लागि सरु पराजुली र प्रदीप बम्जन ले साथ दिएका थिए l साथै अनुराग संगीत बिधालयमा राम सिटौला संग पनि संगीत सिक्ने मौका पाए पछी उनको गाएक बन्ने सपना साकार हुनको लागि मद्दत मिल्यो l

उनको पहिलो एल्बम “सन्यास” जुन बि.स.२०६६ सालमा आएको थियो जसमा उनको आफ्नैLYRICS/MUSIC/COMPOSE/VOCAL थियो l जुन एल्बम मा जम्मा १० वटा गीतहरु समाबेस थियो lजाने भए जाउ उनको पहिलो promotional गीत थियो lजुन श्रोताहरुले धेरै मन पराएका थिए l जाने भए जाउ गीत हिट्स एफ.एम music award मा best male pop vocal र best new artist nomination मा परेको थियो l
तिन वर्ष पछि आज आएर २०६९ मा उनको दोश्रो एल्बम बाजारमा आएको छl एल्बम को नाम “साइनो” हो lयस एल्बममा जम्मा जम्मी ११ वटा गीतहरु रहेका छन् l जसमा l LYRICS/MUSIC ससान कंडेल,किरण माइकल,कोसिस क्षेत्रि,र साइमन Kathaet को रहेको छ l ५ वटा नया तथा ६ वटा पुरानो एल्बम को राम्रा राम्रा गीतहरु बोनस track को रुपमा रहका छन् l

हाल ससान “पागल बस्ति” नामक चलचित्र को सिर्स गित को compose ma बेस्त रहेको हामि संग बताए l र निकट भबिस्य मै यो गीत उनको आफ्नै आवाजमा हामीले सुन्न पाउने छौl साथै याद भन्ने चलचित्र मा पनि काम गर्दै छन् l बहु प्रतिभाका धनि ससान गीत गाउने मात्र हैन भर्खरै बन्दै गरेको नेपाली कथानक चलचित्र “राजनीति” मा सह-निर्देसकको रुपमा पनि काम गर्दै छन् l हामीले अहिले गायकको रुपमा मात्र उनलाई चिन्दै आएका छौ तर निकट भबिस्यमा हामि उनलाई सह-निर्देसको रुपमा पनि देख्न पाउने उनले हामि संग को भला कुसारिमा बताए l

मुकुन्दपुरे प्यारा गायक ससानले आउदा दिनहरुमा धेरै भन्दा धेरै सफलता हात पारुन भन्ने कामना गर्दछ ,,,
हाम्रो मुकुन्दपुर डट COM परिवार
0 कमेन्ट गर्नुहोस

महिला टेनिसमा टाटु मोह


१.    रूसकी स्टेलाना कुज्नेत्सोभाले बायाँ नाडीमा रसियन भाषामा 'केबल भगवान् नै न्यायाधीश हुन्' लेखाएकी छिन्।

२.    जर्मनीकी जुलिया जर्जले आफ्नो बायाँ नाडीमा ताराहरूको आकाशगंगा बनाएकी छिन्।

३.    अमेरिकी टेनिस खेलाडी बेथानी माटेक स्यान्डले आफ्नो दायाँ पाखुरामा आकर्षक रंग प्रयोग गरेर फूलको आकृति बनाएकी छिन्।

४.    बेल्जियमकी किम क्लाइजरले आफ्नी छोरी जाराको नाम बायाँ नाडीमा कोरेर छोरीलाई सम्मान दिने प्रयास गरेकी छिन्।

५.    स्वीजरल्यान्डकी प्याटी स्नाइडरले दायाँ हातको पातोमा चिनियाँ अक्षरमा ड्रयागन लेखेकी छिन्।

६.    सन् २०११ को फ्रेन्च ओपन विजेता चीनकी लि नाले आफ्नो बायाँ वक्षस्थलको माथिल्लो भागमा पानको पातमाथि गुलाफको फूल  बनाएकी छिन्।

भारतीय पहाडलाई ‘सगरमाथा’ भनेपछि हंगामा


२९ मंसिर काठमाडौं । अमेरिकी अन्तरीक्ष एजेन्सी (नासा)ले आफ्नो वेभसाइटमा भारतीय पहाडको तस्वीर राखेर त्यसलाई सगरमाथा बताएकोमा सर्वत्र आलोचना भएपछि गल्ती सच्याएको छ । नासाले आफ्नो आधिकारिक वेभसाइटमा राखेको तस्वीरलाई अन्तरीक्षबाट खिचिएको माउन्ट एभरेष्ट भनिएको थियो । तर, उक्त तस्वीर भारतको काश्मिर क्षेत्रको काराकोरम हिम श्रृंखलाको सासेर मुजताग रहेको पत्ता लागेपछि नासाले आफ्नो साइटबाट हटाएको हो ।
 नेपालबाट कुन्द दीक्षीतले ट्वीटरमार्फत् उक्त तस्वीर सगरमाथा नभएको रहस्य खोलेपछि एक अमेरिकी अन्तरिक्ष यात्रीले सो तस्वीर सगरमाथा नभएर भारतको सासेर मुजताग भएको बताएका थिए । सामाजिक सञ्जालबाट तथ्य पत्तो लगाएपछि नासाले आफ्नो गल्ती स्वीकार गर्दै सो तस्वीर हटाएको छ । यसबारे नासाका प्रवक्ताले स्पष्ट पार्दै भनेका छन्-यो सगरमाथा होइन । यो सासेर मुजताग हो, जुन भारतको काश्मिर क्षेत्रको काराकोरम श्रृंखलामा पर्छ ।