सुमुधुर स्वरका धनि ससान कंडेलको जन्म मुकुन्दपुर-६ न.प. मा भएको थियो l अबिबाहित ससान आमा,बुवा र दाजुको साथ मा हाल आफ्नो जन्म थलो मुकुन्दपुर-६ मा बस्दै आएका छन् l
आज भन्दा नौ वर्ष पहिले बि.स.२०६० सालदेखि उनले सांगितक क्षेत्रमा पाइला टेकेका थिए l संगीतमा धेरै रुची भए कै कारणले गर्दा Basic सांगेतिक ज्ञान हालिल गर्नेका लागि भनेर बि.स.२०६० सालमा चितवनको नारायणी आर्ट एंड कल्चरमा भर्ना भएl त्यहाँ बद्रि भण्डारीको छ महिने प्रसीक्षण पाए पछि बि.स.२०६१ साल मा आफ्नै lyrics र compose मा “म घुम्न जादा” बोलको गीत रेकर्ड गराएl त्यो गीत ले स्थानिय स्तरमा उनलाई स्थानिय कलाकार को रुपमा चिन्न मद्दत मिल्यो l
तिन बर्सको लामो अन्तराल पछि फेरी बि.स.२०६४ सालमा आएर ससान गायक बन्ने सपना बोकेर काठमाडौँ पसे त्यहाँ उनले मधुरिमा कला केन्द्र बाट संगीत सिक्ने मौका पाए l उनको स्वरलाइ निखारनको लागि सरु पराजुली र प्रदीप बम्जन ले साथ दिएका थिए l साथै अनुराग संगीत बिधालयमा राम सिटौला संग पनि संगीत सिक्ने मौका पाए पछी उनको गाएक बन्ने सपना साकार हुनको लागि मद्दत मिल्यो l
उनको पहिलो एल्बम “सन्यास” जुन बि.स.२०६६ सालमा आएको थियो जसमा उनको आफ्नैLYRICS/MUSIC/COMPOSE/VOCAL थियो l जुन एल्बम मा जम्मा १० वटा गीतहरु समाबेस थियो lजाने भए जाउ उनको पहिलो promotional गीत थियो lजुन श्रोताहरुले धेरै मन पराएका थिए l जाने भए जाउ गीत हिट्स एफ.एम music award मा best male pop vocal र best new artist nomination मा परेको थियो l
तिन वर्ष पछि आज आएर २०६९ मा उनको दोश्रो एल्बम बाजारमा आएको छl एल्बम को नाम “साइनो” हो lयस एल्बममा जम्मा जम्मी ११ वटा गीतहरु रहेका छन् l जसमा l LYRICS/MUSIC ससान कंडेल,किरण माइकल,कोसिस क्षेत्रि,र साइमन Kathaet को रहेको छ l ५ वटा नया तथा ६ वटा पुरानो एल्बम को राम्रा राम्रा गीतहरु बोनस track को रुपमा रहका छन् l
हाल ससान “पागल बस्ति” नामक चलचित्र को सिर्स गित को compose ma बेस्त रहेको हामि संग बताए l र निकट भबिस्य मै यो गीत उनको आफ्नै आवाजमा हामीले सुन्न पाउने छौl साथै याद भन्ने चलचित्र मा पनि काम गर्दै छन् l बहु प्रतिभाका धनि ससान गीत गाउने मात्र हैन भर्खरै बन्दै गरेको नेपाली कथानक चलचित्र “राजनीति” मा सह-निर्देसकको रुपमा पनि काम गर्दै छन् l हामीले अहिले गायकको रुपमा मात्र उनलाई चिन्दै आएका छौ तर निकट भबिस्यमा हामि उनलाई सह-निर्देसको रुपमा पनि देख्न पाउने उनले हामि संग को भला कुसारिमा बताए l
मुकुन्दपुरे प्यारा गायक ससानले आउदा दिनहरुमा धेरै भन्दा धेरै सफलता हात पारुन भन्ने कामना गर्दछ ,,,
हाम्रो मुकुन्दपुर डट COM परिवार

यदी तपाईं Banner Exchange गर्न चाहनुहुन्छ भने यहाँ तलको Code Copy गर्नुहोस र आफ्नो Exchange गर्नको लागी हामीलाई Email मा आफ्नो Banner पठाउन सक्नुहुन्छ krishnapokharel29@gmail.com

यहाँ तल आफ्नो प्रतिक्रीय दिन नभुल्नुहोला▼