२५ मंसिर, एजेन्सी । २१ डिसेम्बरमा पृथ्वी ध्वस्त हुने कुरा झुठो हल्लामात्र भएको अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले दावी गरेको छ। प्राचिन सभ्यताको माया क्यालेण्डरको अन्त हुनुले पृथ्वीमा केहि उत्तार चढाव नहुने भन्दै नासाले पृथ्वीमा कुनै प्रकारको क्षती नहुने बताएको छ । खगोलबिद्हरुले पृथ्वीको आयु अँझै साढे सात अर्व बर्ष रहेको भन्दै यस्ता भविस्यवाणी गलत अनि झुठो भएको बताएका छन् । यस अघि पनि सन् २००३, सन् १९९९, १९९० लगायतका बर्षहरुमा पृथ्वी ध्वस्त हुने भनेर सन्त्रास फैलाईए पनि त्यो हल्लामात्र भएको नासालेजनाएको छ ।
नासामा अनुसन्धान गरिरहेका केहि बैज्ञानिकहरुले भने ग्रहहरुले आफ्नो धुर्व परिबर्तन गरिरहने भएकाले डिसेम्बर २१, २२, २३ मा ध्रुव परिवर्तन हुन सक्ने अनुमान गरेका छन् । यद्यपी ध्रुव परिवर्तन सामान्य प्रक्रिया भएकाले यसले विद्युतीय कम्पासको कारोबार गर्ने कम्पनीहरुलाई फाईदा हुने तर आम नागरीकहरुलाई कुनैकष्ट भोग्नु नपर्ने बताएका छन् ।
यदी तपाईं Banner Exchange गर्न चाहनुहुन्छ भने यहाँ तलको Code Copy गर्नुहोस र आफ्नो Exchange गर्नको लागी हामीलाई Email मा आफ्नो Banner पठाउन सक्नुहुन्छ krishnapokharel29@gmail.com

यहाँ तल आफ्नो प्रतिक्रीय दिन नभुल्नुहोला▼