पाठेघरको क्यान्सरबाट पिडीत बनेकी नायिका मनिषा कोइरालाको मंगलबार बिहान शल्यक्रिया सम्पन्न भएको छ । नेपाली समय अनुसार बिहान सवा दश बजे उनको पाठेघरको अप्रेशन सकिएको हो । उनको न्यूयोर्कको म्यानहाटन मा रहेको मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा शल्यक्रिया गरिएको हो । उनको अप्रेशन पाठेघर क्यान्स विशेषज्ञ डेनिश चीले गरेका थिए ।
फुड पोइजनका कारण एक कार्यक्रममा बेहोस भएपछि मनिषालाई नेपालको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर नर्भिकमा भर्ना गरिएको २ दिन पछि उनलाई मुम्बइको जसलोक अस्पतालमा भर्ना गरिएको थियो । जसलोक अस्पतालले मनिषालाई क्यान्सर भएको पुष्टि गरेको थियो । तर परिवारले उनलाई न्यूयोर्क लाने निर्णय गरेको थियो । शल्यक्रिया सम्पन्न भएपनि मनिषालाई उनको परिवारले भेट्न पाएका छैनन् । चिकित्सकले परिवारलाई चिन्ता नगर्न मात्र भनेको छ ।

यहाँ तल आफ्नो प्रतिक्रीय दिन नभुल्नुहोला▼