print this page
ताजा खबरहरु यहाँ तल हेर्नुहोस▼

मुकुन्दपुर निबासी हाम्रा प्यारा गायक ससान कंडेल



सुमुधुर स्वरका धनि ससान कंडेलको जन्म मुकुन्दपुर-६ न.प. मा भएको थियो l अबिबाहित ससान आमा,बुवा र दाजुको साथ मा हाल आफ्नो जन्म थलो मुकुन्दपुर-६ मा बस्दै आएका छन् l

आज भन्दा नौ वर्ष पहिले बि.स.२०६० सालदेखि उनले सांगितक क्षेत्रमा पाइला टेकेका थिए l संगीतमा धेरै रुची भए कै कारणले गर्दा Basic सांगेतिक ज्ञान हालिल गर्नेका लागि भनेर बि.स.२०६० सालमा चितवनको नारायणी आर्ट एंड कल्चरमा भर्ना भएl त्यहाँ बद्रि भण्डारीको छ महिने प्रसीक्षण पाए पछि बि.स.२०६१ साल मा आफ्नै lyrics र compose मा “म घुम्न जादा” बोलको गीत रेकर्ड गराएl त्यो गीत ले स्थानिय स्तरमा उनलाई स्थानिय कलाकार को रुपमा चिन्न मद्दत मिल्यो l

तिन बर्सको लामो अन्तराल पछि फेरी बि.स.२०६४ सालमा आएर ससान गायक बन्ने सपना बोकेर काठमाडौँ पसे त्यहाँ उनले मधुरिमा कला केन्द्र बाट संगीत सिक्ने मौका पाए l उनको स्वरलाइ निखारनको लागि सरु पराजुली र प्रदीप बम्जन ले साथ दिएका थिए l साथै अनुराग संगीत बिधालयमा राम सिटौला संग पनि संगीत सिक्ने मौका पाए पछी उनको गाएक बन्ने सपना साकार हुनको लागि मद्दत मिल्यो l

उनको पहिलो एल्बम “सन्यास” जुन बि.स.२०६६ सालमा आएको थियो जसमा उनको आफ्नैLYRICS/MUSIC/COMPOSE/VOCAL थियो l जुन एल्बम मा जम्मा १० वटा गीतहरु समाबेस थियो lजाने भए जाउ उनको पहिलो promotional गीत थियो lजुन श्रोताहरुले धेरै मन पराएका थिए l जाने भए जाउ गीत हिट्स एफ.एम music award मा best male pop vocal र best new artist nomination मा परेको थियो l
तिन वर्ष पछि आज आएर २०६९ मा उनको दोश्रो एल्बम बाजारमा आएको छl एल्बम को नाम “साइनो” हो lयस एल्बममा जम्मा जम्मी ११ वटा गीतहरु रहेका छन् l जसमा l LYRICS/MUSIC ससान कंडेल,किरण माइकल,कोसिस क्षेत्रि,र साइमन Kathaet को रहेको छ l ५ वटा नया तथा ६ वटा पुरानो एल्बम को राम्रा राम्रा गीतहरु बोनस track को रुपमा रहका छन् l

हाल ससान “पागल बस्ति” नामक चलचित्र को सिर्स गित को compose ma बेस्त रहेको हामि संग बताए l र निकट भबिस्य मै यो गीत उनको आफ्नै आवाजमा हामीले सुन्न पाउने छौl साथै याद भन्ने चलचित्र मा पनि काम गर्दै छन् l बहु प्रतिभाका धनि ससान गीत गाउने मात्र हैन भर्खरै बन्दै गरेको नेपाली कथानक चलचित्र “राजनीति” मा सह-निर्देसकको रुपमा पनि काम गर्दै छन् l हामीले अहिले गायकको रुपमा मात्र उनलाई चिन्दै आएका छौ तर निकट भबिस्यमा हामि उनलाई सह-निर्देसको रुपमा पनि देख्न पाउने उनले हामि संग को भला कुसारिमा बताए l

मुकुन्दपुरे प्यारा गायक ससानले आउदा दिनहरुमा धेरै भन्दा धेरै सफलता हात पारुन भन्ने कामना गर्दछ ,,,
हाम्रो मुकुन्दपुर डट COM परिवार
0 कमेन्ट गर्नुहोस

महिला टेनिसमा टाटु मोह


१.    रूसकी स्टेलाना कुज्नेत्सोभाले बायाँ नाडीमा रसियन भाषामा 'केबल भगवान् नै न्यायाधीश हुन्' लेखाएकी छिन्।

२.    जर्मनीकी जुलिया जर्जले आफ्नो बायाँ नाडीमा ताराहरूको आकाशगंगा बनाएकी छिन्।

३.    अमेरिकी टेनिस खेलाडी बेथानी माटेक स्यान्डले आफ्नो दायाँ पाखुरामा आकर्षक रंग प्रयोग गरेर फूलको आकृति बनाएकी छिन्।

४.    बेल्जियमकी किम क्लाइजरले आफ्नी छोरी जाराको नाम बायाँ नाडीमा कोरेर छोरीलाई सम्मान दिने प्रयास गरेकी छिन्।

५.    स्वीजरल्यान्डकी प्याटी स्नाइडरले दायाँ हातको पातोमा चिनियाँ अक्षरमा ड्रयागन लेखेकी छिन्।

६.    सन् २०११ को फ्रेन्च ओपन विजेता चीनकी लि नाले आफ्नो बायाँ वक्षस्थलको माथिल्लो भागमा पानको पातमाथि गुलाफको फूल  बनाएकी छिन्।

भारतीय पहाडलाई ‘सगरमाथा’ भनेपछि हंगामा


२९ मंसिर काठमाडौं । अमेरिकी अन्तरीक्ष एजेन्सी (नासा)ले आफ्नो वेभसाइटमा भारतीय पहाडको तस्वीर राखेर त्यसलाई सगरमाथा बताएकोमा सर्वत्र आलोचना भएपछि गल्ती सच्याएको छ । नासाले आफ्नो आधिकारिक वेभसाइटमा राखेको तस्वीरलाई अन्तरीक्षबाट खिचिएको माउन्ट एभरेष्ट भनिएको थियो । तर, उक्त तस्वीर भारतको काश्मिर क्षेत्रको काराकोरम हिम श्रृंखलाको सासेर मुजताग रहेको पत्ता लागेपछि नासाले आफ्नो साइटबाट हटाएको हो ।
 नेपालबाट कुन्द दीक्षीतले ट्वीटरमार्फत् उक्त तस्वीर सगरमाथा नभएको रहस्य खोलेपछि एक अमेरिकी अन्तरिक्ष यात्रीले सो तस्वीर सगरमाथा नभएर भारतको सासेर मुजताग भएको बताएका थिए । सामाजिक सञ्जालबाट तथ्य पत्तो लगाएपछि नासाले आफ्नो गल्ती स्वीकार गर्दै सो तस्वीर हटाएको छ । यसबारे नासाका प्रवक्ताले स्पष्ट पार्दै भनेका छन्-यो सगरमाथा होइन । यो सासेर मुजताग हो, जुन भारतको काश्मिर क्षेत्रको काराकोरम श्रृंखलामा पर्छ ।

फिल्म देखाउने भन्दै कक्षाबाट भगाएर लगेर बलात्कार


३० मंसिर, एजेन्सी । भारतको गोवामा एक किशोरीको बलात्कार गरिएको छ । १६ वर्षीय किशोरीलाई कक्षाकोठाबाट भगाएर बलात्कार गरी आफ्नो साथीलाई सुम्पिदिएका थिए । युवकको साथीले उक्त किशोरीलाई अर्कै ठाऊँमा लगेर बलात्कार गरेको बताइएको छ । घटनामा संलग्न ती दुवै युवकलाई प्रहरीले पक्राउ गरी मुद्धा दायर समेत गरेको छ । 
यता कक्षाकोठाबाट किशोरीलाई भगएइर बलात्कार गर्ने किशोरले भने आफूले अर्का किशोरलाई नचिनेको बताएका छन् । प्रहरीको बयानमा ती किशोरले आफूले सिनेमाहलको ट्वाइलेटमा किशोरीलाई लगेको र त्यही उसको बलात्कार गरेको बताएका छन् । प्रहरीका अनुसार किशोरले ती १६ वर्षे किशोरीलाई फिल्म हेर्न जाने भन्दै कक्षाबाट भगाएर लगेको र फिल्म हेरिसकेपछि ट्वाइलेटमा लगेर बलात्कार गरेका थिए ।

पासवर्ड बिर्सने बानी छ ? त्यसो भए यसो गर्दा राम्रो


आधुनिक सूचना प्रविधिको समाजमा इन्टरनेटमा रहेका आफ्ना सामाग्री सुरक्षित राख्ने एकमात्र उपाय हो पासवर्ड । तपाइँको मेल होस् वा बैंक अकाउण्ट तथा कुनै विशेष इन्टरनेट साइटमा लग इन गर्नैका लागि किन नहोस् पासवर्ड जरुरी हुन्छ । यस्तो अवस्थामा तपाइँले आफ्नो अकाउण्ट सुरक्षित राख्न मात्र होइन आफ्नै लागि समेत आफ्नो अकाउण्टमा सजिलै प्रवेश पाउनका लागि यस्तो पासवर्ड छनोट गर्नु जरुरी हुन्छ जो सुरक्षित मात्र होइन तपाइँले झ्वाट्टै सम्झिने खालको होस् । लामो समयपछि आफ्नो इमेल अकाउण्ट खोल्न थाल्दा पासवर्ड याद नभएर फसाद परेको अनुभव सायद तपाइँ हामी धेरैलाई हुनुपर्छ । कहिलेकाहीँ पासवर्ड चोरी भएर कसैले तपाइँको इमेल अकाउण्ट ह्याक पनि गरेको छ होला । त्यसैले आफ्नो अकाउण्ट सुरक्षित बनाउन तपाइँको पासवर्ड यादगर मात्र होइन सुरक्षित पनि हुनुपर्छ । पासवर्ड सुरक्षित मात्र होइन नबिर्सिने खालका बनाउनका लागि तपाइँले यी जुक्ति लगाउनुपर्छ :
* सुरक्षित पासवर्ड छान्नका लागि तपाइँले आफ्नो मनपर्ने शव्द वा मनपर्ने संकेतलाई छान्नुहोस् र यी दुबैलाई जोडेर पासवर्ड तयार गर्नुहोस् । तपाइँले आफ्नो फेवरेट शव्द तथा संकेत सित्तिमित्ति बिर्सनुहुन्न नै यसबाट बन्ने पासवर्डर् सुरक्षित पनि हुन्छ ।
* यदि तपाइँ आफुलाई मन पर्ने कुनै वाक्यलाई छोटो बनाएर पासवर्ड बनाउन चाहनुहुन्छ भने पनि सक्नुहुन्छ जस्तै : eat the cheeseburger वाक्यलाई tthchsbrgr बनाएर पासवर्ड बनाउन सक्नुहुन्छ ।
* नम्बरलाई शव्दमा बदलेर पनि तपाइँ सुरक्षित र यादगर पासवर्ड सेटिङ गर्न सक्नुहुन्छ । तपाइँ आफ्नो मोबाइल नम्बरलाई शव्दमा बदलेर पासवर्ड बनाउन चाहनुहुन्छ भने ९८४१….. लाई आइएचडीए…. बनाएर पासवर्ड सेट गर्न सक्नुहुन्छ । त्यस्तै आफ्नो नामका अक्षरलाई अंकमा बदलेर पनि तपाइँ पासवर्ड बनाउन सक्नुहुन्छ । 
*तपाइँ चाहनुहुन्छ भने तपाइँले पासवर्डको पहिलो अक्षर स्माल र त्यसपछिका अक्षर क्यापिटल लेटरमा लेख्न सक्नुहुन्छ, यसो गर्दा तपाइँको पासवर्ड ह्याक हुने खतरा कम हुन्छ । ह्याकरहरुले एउटै लेटरको पासवर्ड बढी ह्याक गर्ने गरेका छन् ।

अब जिमेलबाट 10 जिगा सम्मका निकै ठूला फाइल पठाउन मिल्ने भो

१५ मंसिर,एजेन्सी। विश्वकै ठुलो सेवा प्रदायक जिमेलले आफ्नो इमेल बाट १० जिबिसम्मको फाइल सजिलै पठाउन सकिने व्यवस्था गरेको छ।

जिमेल ड्राइभको प्रयोग गरेर यती ठुलो आकारको फाइल पठाउन सकिने व्यवस्था गर्न लागिएको हो। जिमले प्रोडक्ट म्यानेर फिल सार्पले एक ब्लगबाट पनि पनि यसको जानकारी गराएका छन्। यसका साथै सिधै जिमेल ड्राइभको लिंक समेत सिधै इमेलबाट शेयर गर्न सकिनेछ।

दल र नेताहरुलाई बहिस्कार गरौं: उपराष्ट्रपति

एचकेनेपाल डट कम संवाददाता
काठमाडौ, २४ मंसिर । उपराष्ट्रपति परमानन्द झाले मुलुकको निकासको लागि राष्ट्रपतिलाई थप कदम चाल्न नेपाली जनता जागेर ब्याक सपोर्ट गर्नु पर्ने आवश्यकता औल्याएका छन्।

रिपोर्टर्स क्लबले सुरु गरेको ‘रिपोर्टर्स क्लब नेपालको अभियान, तत्काल राष्ट्रिय सहमतिको सरकार ’ अभियान अन्र्तगतको विशेष साक्षात्कारमा उनले भने–अहिले नै राष्ट्रपतिले थप केही गर्न सक्ने अवस्था छैन । राष्ट्रपतिले जे गर्न सक्नु हुन्थ्यो त्यो उहाँले गरिरहनु भएको छ । अब गाँउ गाँउबाट जनता जागेर राष्ट्रपतिलाई निकासको लागि थप कदम चाल्न ब्याकफोर्सको रुपमा काम गर्नु पर्छ।

उपराष्ट्रपति झाले राष्ट्रपतिले केही गर्न सकेनन भनेर अहिले नै भन्ने अवस्था नआएको भन्दै जनताले समर्थन गर्दा पनि नगरे मात्रै आलोचना गर्न सकिने चज्लै अहिले नेपाली जनता र नागरिक समाजले गाँउ गाँउबाट ब्याक फोर्स दिनु पर्छ।
निकासको लागि राष्ट्रपतिले सामथ्र्य लगाए पनि त्यसले अन्तरिम संविधानको धारा ३८ को १ भन्दा अघि बढ्न नसक्ने अवस्था भए पनि राष्ट्रपतिको कदमले दलहरलाई एकै ठाँउमा बस्ने बातावरण भने निर्माण गरेको दावी गरे।
उनले सर्वोच्च अदालतले अब राष्ट्रपतिको संविधानको संरक्षक र पालकको रुपमा गरेको ब्याख्या गरेर त्यसभित्र के के पर्छ भनेर स्पष्ट पार्नु पर्ने अवस्था आएको भन्दै त्यसको दलै पिच्छेको अलग अलग ब्याख्या हुँदा मुलुक झनै अन्यौलतामा फस्दै गएको टिप्पणी गरे । झाले भने–संरक्षक र पालक भित्र के के पर्छ भनेर सर्वोच्चले ब्याख्या गर्यो भने सबैको मुखमा बुझो लाग्छ।
पछिल्लो समयमा नेताहरुको अवस्था पनि उदाङगिदै गएको दावी गर्दै उनले नेपाली जनताले भोट दिएर बनाएका नेताहरुले जनताको भन्दा पनि नेताको मात्रै नेपाल बनाएकोले समस्या आएको आरोप लगाए। उनले भने–नेताहरुको सोचमा परिवर्तन आउनु पर्छ । अहिले घाटी घाटी सम्म पानी पुगेको छ। जनताले सहि रहेका छन् । अब नाक मुख नै डुबेपछि बच्न जनताले पनि हात खुट्टा चलाउन सक्छ। त्यसबेला कठिन हुन्छ नेताहरुको लागि।
उपराष्ट्रपति झाले राजनीतिक दलका नेताहरुलाई बहिस्कार गर्न पत्रकारहरुलाई आब्हान गर्दै पत्रकारले विहान, दिउँसो र बेलुका बोली फेर्ने नेताहरुलाई महत्व दिएकोले नै समस्या झनै गाँठो पदै गएको आरोप लगाए।
उनले भने–तपाईहरु राजनीतिक दलका नेताहरुलाई ईम्पोर्टटेन्ट नदिनुस। पत्रपत्रिका १५ दिन सम्म उनीहरुको कुरा नछापेर प्रोटेष्ट गर्नुस्।
कुन कुन दलको कुन कुन अडानका कारण सहमति हुन नसकेको हो भन्ने कुरा छर्लङ भइसकेको भन्दै दलहरुको अडानको समेत एउटा निश्चित सीमा हुने चेतावनी दिए । उनले भने–दलहरुको दलहरुको ब्यवहारले पराकाष्टा नाघिसक्यो । अब धेरै दिन ढाक छोप गरेर केही पनि छुप्ने वाला छैन।
सरकारले ल्याएका राजनीतिक प्रकृतिका कुनै पनि विद्येयक राष्ट्रपतिले स्विकार गर्न नहुने स्पष्ट पार्दै उपराष्ट्रपति झाले सविधानको धारा १५८ धेरै पटक प्रयोग गर्न नहुने भएकोले राष्ट्रपतिले सबै विषय प्याकेजमै सहमति गरेर ल्याउन भनेको बताए।
उनले भने– संबैधानिक नियूक्तीको लागि संविधानको धारा १५८ कति पटक प्रयोग गर्ने, त्यो उचित हुँदैन । राष्ट्रपतिले मुलुकलाई गंभिर असर पार्ने बाहेकका कुनै पनि अध्यादेश स्वीकार गर्नु उचित हुँदैन। उहाँले त्यसै अनुरुप गरिरहनु भएको छ।

सकियो मनिषाको पाठेघरको अप्रेशन

पाठेघरको क्यान्सरबाट पिडीत बनेकी नायिका मनिषा कोइरालाको मंगलबार बिहान शल्यक्रिया सम्पन्न भएको छ । नेपाली समय अनुसार बिहान सवा दश बजे उनको पाठेघरको अप्रेशन सकिएको हो । उनको न्यूयोर्कको म्यानहाटन मा रहेको मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा शल्यक्रिया गरिएको हो । उनको अप्रेशन पाठेघर क्यान्स विशेषज्ञ डेनिश चीले गरेका थिए ।
 फुड पोइजनका कारण एक कार्यक्रममा बेहोस भएपछि मनिषालाई नेपालको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । तर नर्भिकमा भर्ना गरिएको २ दिन पछि उनलाई मुम्बइको जसलोक अस्पतालमा भर्ना गरिएको थियो । जसलोक अस्पतालले मनिषालाई क्यान्सर भएको पुष्टि गरेको थियो । तर परिवारले उनलाई न्यूयोर्क लाने निर्णय गरेको थियो । शल्यक्रिया सम्पन्न भएपनि मनिषालाई उनको परिवारले भेट्न पाएका छैनन् । चिकित्सकले परिवारलाई चिन्ता नगर्न मात्र भनेको छ ।

हिन्दी Film Garv पुरा पाठ हेर्नुहोस



New Nepali Movie - Andaj (Full Length)


नेपाली Movie (अन्दाज) पुरै पाठ हेर्नुहोस...

२१ डिसेम्बरमा पृथ्बी ध्वस्त हुने हल्ला झुठो प्रचार

२५ मंसिर, एजेन्सी । २१ डिसेम्बरमा पृथ्वी ध्वस्त हुने कुरा झुठो हल्लामात्र भएको अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले दावी गरेको छ। प्राचिन सभ्यताको माया क्यालेण्डरको अन्त हुनुले पृथ्वीमा केहि  उत्तार चढाव नहुने भन्दै नासाले पृथ्वीमा कुनै प्रकारको क्षती नहुने बताएको छ । खगोलबिद्हरुले पृथ्वीको आयु अँझै साढे सात अर्व बर्ष रहेको भन्दै यस्ता भविस्यवाणी गलत अनि झुठो भएको बताएका छन् । यस अघि पनि सन् २००३, सन् १९९९, १९९० लगायतका बर्षहरुमा पृथ्वी ध्वस्त हुने भनेर सन्त्रास फैलाईए पनि त्यो हल्लामात्र भएको नासालेजनाएको छ ।
 नासामा अनुसन्धान गरिरहेका केहि बैज्ञानिकहरुले भने ग्रहहरुले आफ्नो धुर्व परिबर्तन गरिरहने भएकाले डिसेम्बर २१, २२, २३ मा ध्रुव परिवर्तन हुन सक्ने अनुमान गरेका छन् । यद्यपी ध्रुव परिवर्तन सामान्य प्रक्रिया भएकाले यसले विद्युतीय कम्पासको कारोबार गर्ने कम्पनीहरुलाई फाईदा हुने तर आम नागरीकहरुलाई कुनैकष्ट भोग्नु नपर्ने बताएका छन् ।

मुकुन्दपुरका सबै पोस्टहरु यस Page मा खोज्नुहोस

मुकुन्दपुरे गायक रमेश थनेत को पहिलो प्रयास तिम्रै लागि(160 KM)

0 कमेन्ट गर्नुहोस

"हार्दिक बधाई पुष्पा वस्नेत लाई"


0 कमेन्ट गर्नुहोस

मुकुन्दपुर गा.बि.स. को जनसंख्या

आज म तपाइँहरुलाइ मुकुन्दपुर गा.बि.स.सम्बन्धि सानो जानकारी लिएर आएको छु यो जानकारी पछिलो पटक गरिएको जनगरणा को डाटा हो l
मुकुन्दपुर गा.बि.स.को कुल जनसंख्या 13457, पुरुष (Male):- 6971,महिला (Female): 6486, औसत परिवार सदस्य (Average family#): 5 थोरै छ जानकारी छ, अझैँ धेरै जान्कारि पाउनकाका लागी हामि संगै रहनु होला l █║▌│█│║▌║││█║▌
हाम्रो मुकुन्दपुर डट Com
0 कमेन्ट गर्नुहोस